समाचार
नागरिकता प्रमाणपत्र र प्रतिलिपि सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
- दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
- अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपी ।
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी ।
- कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र ।
- चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
- प्रतिलिपीको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।